नियम २५
खरिद तथा बिक्री खाता प्रमाणित सम्बन्धी व्यवस्था
ऐनको दफा १६ को उपदफा (३) बमोजिम कर अधिकृतले खरिद तथा बिक्री खाता प्रमाणित गर्दा देहायबमोजिम प्रमाणित गर्नु पर्नेछः–
(क) करदाताले खरिद तथा बिक्री खाता प्रमाणित गर्नको लागि कार्यालयमा निवेदन दिएमा,
(ख) कर परीक्षण वा जाँचको अवधिमा,
(ग) निरीक्षणको समयमा ।
तर विद्युतीय माध्यमबाट बीजक जारी गर्न अनुमति लिएको करदाताको बिद्युतीय प्रणालीबाट नै स्वतः बिक्री खाता तयार हुने भएमा बिक्री खाता प्रमाणित गराउनु पर्ने छैन ।